Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दिनदिनै डलर मूल्य नयाँ रेकर्डको विन्दुमा, आयातित अर्थतन्त्र भएको मुलुकलाई बेफाइदा बढी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा डलरको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ

पुस ३ गतेका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर १३६ रुपैयाँ १४ पैसा तोकेको छ भने खरिददर १३५ रुपैयाँ ५४ पैसा रहेको छ । यो हालसम्मको उच्च मूल्य हो । मंगलबार डलरको बिक्रीदर १३६ रुपैयाँ ९ पैसा र खरिददर १३५ रुपैयाँ ४९ पैसा रहेको थियो ।

यसको अर्थ अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको हो ।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने हुन्छ । किनकि डलरमा पठाएको रेमिट्यान्सको नेपालमा धेरै पैसा आउँछ । पर्यटन आम्दानीमा वृद्धि हुनेछ । निर्यात गर्ने आम्दानीमा पनि लाभ लिन सकिनेछ ।

अर्कोतिर नेपाल आयातमा आधारित मुलुक भएकाले डलरको भाउ बढ्दा आयातित वस्तु तथा सामानको मूल्य भने बढ्न पुग्छ । यसले बजार महँगीलाई थप बढ्ने बाटोतर्फ अगाडि बढाउनेछ र बजार महँगी हुन सक्नेछ । आयात महँगो पर्न जाँदा विदेशी मुद्रा संचितिमा चाप पर्न सक्दछ ।

डलरको मूल्य बढेपछि नेपालले डलरमा तिर्नुपर्ने सावाँ र ब्याज बढ्न पनि जाने हुँदा नेपाललाई थप आर्थिक भार पर्न सक्दछ । त्यसैले नेपाललाई डलरको भाउ बढ्दा बेफाइदा बढी हुने विश्लेषकहरु बताउँछन् ।

Health Tips Ad Road Block