Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२ दिन बन्द रहेकाे मनकामना केबलकार आजबाट सुचारु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार आज बुधवारबाट सुचारु भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै २ दिनसम्म टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

यसअघि मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गते देखि पुस २ गतेसम्म २ दिन मनकामना केबलकार बन्द गर्नु परेको दर्शन प्रालिले जनाएको थियो ।

२०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएता पनि टावरमा मर्मत कार्य गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ ।

Health Tips Ad Road Block