skip this News Page Tips Ad Road Block

महालक्ष्मी विकास बैंकले दिने लाभांश घोषणा, बोनस शेयर र नगद लाभांश कति–कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गतवर्षको मुनाफाबाट शेयधनीलाई ७ प्रतिशतका दलरले लाभांश दिने भएको छ ।

बैंकको आज बसेको सञ्चालक समितिको ६१० औं बैठकले आर्थिक वर्ष २०८०/०८१ सम्मको मुनाफा रकमबाट २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी चार अर्ब सत्र करोड तेह्र लाख अठार हजार छ सयको ७ प्रतिशतले हुन आउने उनन्तीस करोड उन्नाईस लाख बयानब्बे हजार तिन सय दुई रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय भएको हो ।

प्रस्तावित लाभांशमध्ये बैंकले चुक्ता पूँजीको ३ प्रतिशतका दरले बोनस शेयर र ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई संस्थाको २३ औं वार्षिक साधारण सभावाट पारित भए पश्चात शेयरधनीलाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block