skip this News Page Tips Ad Road Block

शिवम् सिमेन्टले दिने लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बिहीबार बसेको कम्पनीको संचालक समितिको १३३औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव संचालक समितिबाट गरेको जनाएको छ ।

कम्पनीले चुक्ता पूँजी को ०.४५ प्रतिशतका दरले हुन आउने दुई करोड छब्बिस लाख एक्काईस हजार पाँच सय रुपैयाँ (कर प्रयोजनका लागि) नगद लाभांश दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको लाभांश प्रस्ताव साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

कम्पनीले पुस २९ गते सोमबार राष्ट्रिय सभागृहमा वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिन कम्पनीको शेयर दाखिला खारेज कार्य बन्द रहने जनाएको छ । यसअनुसार पुस १६ गतेसम्म कायम शेयरधनीले कम्पनीको साभारण सभामा भाग लिने र लाभांश पाउने हक राख्नेछन् ।

Health Tips Ad Road Block