skip this News Page Tips Ad Road Block

नेपाल हाइड्रोले ८ प्रतिशत बोनस शेयर दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको ९१ औं बैठकले आर्थिक वर्ष २०८०/ ०८१ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने २,८७,५५,३०८.४० रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको हो ।

हाइड्रोले ०.४२ प्रतिशतका दरले हुन आउने १५,१३,४३७.२८ रुपैयाँ बराबरको नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्ने भएको छ ।

सञ्चालक समितिको यो निर्णय कम्पनीको १८ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block