काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् ।
उनलाई माघ ३ गतेदेखि लागु हुनेगरी सिइओमा नियुक्त गरिएको हो ।
वित्तीय संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको २११औं बैठकले अर्याललाई सिइओ नियुक्ति गर्ने निर्णय गरेको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिएका छन् ।





















