काठमाडौं । काठमाडौं महानगरपालिकामा आज शोक बिदा दिइएको छ । काठमाडौं नगरपालिकालाई २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्ने पूर्व प्रमुख पिएल सिंहको निधन भएकोमा आज शोक बिदा दिइएको हो । पूर्व प्रमुख सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएको हाे । काठमाडौं महानगरपालिका परिवारले सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदाको निर्णय लिएको जनाएकाे छ ।
‘प्रमुखका रुपमा काठमाडौं महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा सिंहले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आज अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ ।’ महानगरले उल्लेख गरेको छ ।





















