काठमाडौं । राधी विद्युत कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यता कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार पुस ३ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने र साधारण सभामा सहभागी हुन पाउने हक राख्नेछन् ।
कम्पनीले बोनस शेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १ः०.६९८९ अनुपातमा हकप्रद शेयर पनि जारी गर्ने जनाएको छ ।






















