Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम संचालन सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । उद्योग संगठन मोरङ र पूर्वाञ्चल विश्वविद्यालयबीच व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम संचालन गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा संगठनका तर्फबाट स्टार्ट अप एण्ड ईनोभेशन कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

संगठनले विगत ३ वर्ष देखि संचालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यबाट युवाहरुलाई उद्यमशिलता रुपान्तरण र ईको सिस्टम विकास गर्ने सन्दर्भमा संघिय सरकारले उक्त कार्यक्रमलाई पहिचान गरि कार्यक्रमलाई थप वढावा दिन सरकारले यस आर्थिक वर्षको बजेटमा ७ प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरेको छ ।

हस्ताक्षर कार्यक्रममा कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय सम्वद्र्धन केन्द्र संचालन गर्नु नीजि क्षेत्रका लागि गौरवको विषय भएको संगठनका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले बताए । उनले उद्यमशिलता विकासका सन्दर्भमा नीजि क्षेत्रको प्रयासलाई संघीय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूहरुलाई उत्साहित बनाएको बताए ।

संगठन र विश्वविद्यालय वीच भएको सम्झौता अनुरुप कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धती अनुसार नीजि क्षेत्र, शैक्षिक क्षेत्र र स्थानीय सरकारको सहकार्यमा र संघीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्वद्र्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले वताए । उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिका सहकार्यमा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई थप संस्थागत गरिँदै लगिने स्पष्ट पारे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले युवाहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्न सम्वद्र्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकता अनुसार आगामी दिनमा परिमार्जन र परिस्कृत गरि थप प्रभावकारी बनाउने धारणा राखे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव छविन्द्र पराजुलीले नेपाल सरकारले युवा उद्यमशिलता प्रवद्र्धन गर्न सातै प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यक्रम बनाएको, उक्त कार्यक्रम कार्यान्वयनका लागि उद्योग संगठन मोरङमा सञ्चालित स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई नै थप व्यवस्थित गरि अघि बढाउन लागेको वताए ।

विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन सन्देशदाश श्रेष्ठले कार्यक्रम अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयका विभिन्न १० वटा सम्बन्धन प्राप्त कलेजबाट ३० वटा आईडिया एक आईडियामा ३ जना रहने गरी ९० जना विद्यार्थीहरुलाई छनौट गर्ने र दोश्रो चरणमा ९० जना बाट ३० जना छनौट गरि ७ महिनासम्म सम्वद्र्धन केन्द्रको माध्यमबाट स्टार्टअप इको सिस्टमका सेवाहरु उपलब्ध गराइने वताए ।

 

Health Tips Ad Road Block