Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपीआई (युनियनपे इन्टरनेसनल)का कार्डहरु स्वीकार गर्ने भएको छ ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउन कुमारी बैंकले देशभर आफ्ना सबै एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध गराउन लागेको हो ।

यो सुविधाबाट अब युपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने र यसले व्यापारीहरुलाई पनि लाभ हुने बैंकले विश्वास लिएको छ ।

बैंकले आफ्नो सेवाको दायरा फराकिलो बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Health Tips Ad Road Block