Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुदूरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छः चेम्बर निर्वतमान अध्यक्ष मल्ल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदूरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताए ।

मल्लले भने, ‘राजनीतिक दृष्टिकोणलेसुदुरपश्चिम प्रदेश संधै केन्द्रमा छ । प्रदेशमा भएको प्राकृतिक श्रोत, कृषि , सांस्कृति रहनसहनलाई प्रर्वद्धन गर्न हामी व्यवसायीको पनि महत्वपूर्ण योगदान रहिआएको छ ।’ प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको उनको भनाई छ ।

सुदूरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमका जिल्लाहरुबाट सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउनेगरी औद्योगिक वातावरण बनाउनुपर्नेमा मल्लले जोड दिए ।

चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदूरपश्चिमको स्थानीय कृषि उपजहरुको बजारीकरण गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश अन्तरर्गतका जिल्लाहरुमा उत्पादन हुने बस्तुहरुहरुको व्यवसायिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य मुख्य शहरहरुमा बजारीकरण गर्नुपर्नेमा उपाध्यक्ष पाण्डेले जोड दिए । प्रदेशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी आर्कषित गर्नका लागि चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाई छ । सुदूरपश्चिम प्रदेशमा उत्पादन वृद्धि रोजगारी सिर्जना गर्न लगानीको वातावरण र नीतिगत स्थिरताको आवश्यकत्रा रहेको उपाध्यक्ष पाण्डेको भनाई छ ।

Health Tips Ad Road Block