Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंमा प्रथम भारत नेपाल टुरिजम मार्ट सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौंको आयोजनामा मंसिर २४ गते काठमाडौंमा पहिलो भारत–नेपाल पर्यटन मार्ट सम्पन्न भएको छ । सो अवसरमा भारतको उत्तर प्रदेशको प्रयागराजमा २०२५ मा आयोजना हुने महाकुम्भ २०२५ को प्रवर्द्धन र नेपाल भारत सर्किट पर्यटनको कार्यान्वयनलाई बढावा दिन बीटुबी सेसनहरु आयोजना गरिएको थियो । सो अवसरमा भारतका १३ प्रतिनिधि र नेपालका १२० जना टुर अपरेटरहरूको सहभागिता थियो ।

बिटुबी तथा समापन समारोहमा विशेषगरी स्थलमार्गबाट सीमापार पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । दुवै पक्षका टुर अपरेटरहरूले रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवै पक्षका आगन्तुकहरूको लागि सम्भावित यात्रा योजनाहरूबारे छलफल गरेका थिए ।

मार्ट समापनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सीमापार पर्यटन तथा स्थलमार्गबाट नेपाल आउने पर्यटकहरुमा भारतीय पर्यटकको ठूलो योगदान रहेको बताए । उनले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रको निरन्तरताको लागि आग्रह गरे। सो अवसरमा भारतीय दूतावासका चार्ज डे एफिएर्स प्रसन्न श्रीवास्तवले भारतीय दूतावासले नेपाल र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक परिपथहरूको भौतिक तथा डिजिटल कनेक्टिभिटीमा जोड दिएको बताए । उनले यसबाट भारत र नेपाल बीचको पर्यटन प्रर्वद्धन हुने अपेक्षा गरे ।

यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत भएको उल्लेख गर्दै पर्यटन बोर्डले समेत नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि विभिन्न पहलहरु तथा प्याकेजहरु तयार गर्ने गरेको बताए । कार्यक्रममा उत्तर प्रदेश सरकारका पर्यटन अधिकारी सुश्री कीर्तिले महाकुंभ २०२५ का बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममका अवसरमा इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर) का कलाकारले भारतीय नृत्य प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा सहभागी भारतीय क्रेताहरुलाई नेपाल पर्यटन बोर्डले जनकपुर र काठमाडौंका विभिन्न स्थानको भ्रमण गराएको थियो ।

Health Tips Ad Road Block