काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।
बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
बैंकले वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकले यो निर्णयलाई स्वीकृत गरेपछि स्वीकृतिका लागि साधारण सभामा लैजाने बैंकको संचालक समितिबाट निर्णय भएको छ ।






















