काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबारको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश लगानीकर्तालाई वितरण गरिनेछ।
कम्पनीले पुस २८ गते तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिने तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






















