काठमाडौं । नेपाल एसबीआई बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । भारतको भारतीय स्टेट बैंक (एसबीआई)ले बैंकमा नयाँ सीइयोको रूपमा तिवारीलाई पठाएको हो।
नेपाल एसबीआई बैंक र भारतीय स्टेट बैंक एसबीआईबीचको प्राविधिक सेवा सम्झौता बमोजिम बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे को स्थानमा रामकुमार तिवारीलाई प्रवन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
बैंक संचालक समितिको ५२१औं बैठकले हाल कार्यरत प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देलाई माघ २ गते कार्यभारबाट मुक्त गरी तिवारीलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअनुसार तिवारीले आगामी माघ २ गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।























