बेइजिङ । नेपाल सरकार र चीन सरकारबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
बेइजिङमा आज दिउँसो फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको हो ।
फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन भ्रमणमा रहेका बेला यो सम्झौता भएको हो ।






















