काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । त्यसमध्ये ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत कर प्रयोजनार्थसहित नगद लाभांश दिनेछ । मंसिर १८ गतेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















