काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ क वर्गको सिटिजन्स बैंक इन्टरनेशनललाई प्रदान गरेको हो । बैंकले पहिलोपटक बैंक अफ द इयर प्राप्त गरेको हो ।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा बिहीबार अवार्ड ग्रहण गरेका हुन् ।

बैंकले साना तथा लघु उद्यममा प्रविधिमा आधारित कर्पोरेट बैंकिङ्ग अभ्यास र नविकरणीय उर्जा एवं पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ ।






















