Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा, विभिन्न नौ सहमतिपत्रमा हस्ताक्षर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएकाे जानकारीअनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले उक्त सहयोग रकम घोषणा गरेका हुन् । राष्ट्रपति सिले चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपालका प्रधानमन्त्री ओलीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा पारस्परिक सहयोगका लागि विभिन्न नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय समेटिएका छन्।

Health Tips Ad Road Block