Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाडा अटोमोवाइल्स र सीसीपीआईटी अटोबीच सम्झौता, अटोमोबाइलको व्यापार र सहकार्यलाई थप मजबुत बनाउने सहमति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (सीसीपीआईटी अटो) बीच अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउनेसम्बन्धी सम्झौता (एमओयू)मा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकाक्रममा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रती समेतको उपस्थितिमा दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच भएको छलफलपछि उक्त सम्झौता भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडाका अध्यक्ष चौधरी र महासचिव उप्रेती सहभागी छन् ।

दुई पक्षबीच भएको सम्झौताले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । सम्झौतामार्फत व्यापार मेलाहरू, व्यवसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति क्षेत्रमा वकालतजस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।

सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । त्यस्तै सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदानप्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ ।

यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिने र त्यसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने बताइएको छ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनियता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम भएको नाडाको दाबी छ ।

Health Tips Ad Road Block