काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौंको मुटु सुन्धारामा रहेको सिभिल मलबीच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्कपार्किङ सेवा सुरु भएको छ ।
यस सेवाअन्तर्गत एससिटी–युपिआइ कार्डधाराकहरूले आफ्नो एससिटी–युपिआइ कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्न कम्पनीले जनाएको छ । डिसेम्बरदेखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागु हुने कम्नील जनाएको छ ।
एससिटी–युपिआइ डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् ।






















