काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
संस्थाको सञ्चालक समितिको पछिल्लो बैठकले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।





















