काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउ बिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारीत बनाउदै लैजानु कृषि क्षेत्रको महत्वपूर्ण उपलब्धी भएको बताएका छन्। बीउ सम्वन्धी निर्माण गरिएको सफटवयेर देसिस– २ को आज काठमाडौंमा सुभारम्भ गर्दे मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड्न जरुरी रहेको सन्दर्भमा बीउ बिजनको वितरणलाई डिजिटलाईजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने अपेक्षा व्यक्त गरे ।
‘सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यन्वयन गरिरहँदा यसको तूलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनूपर्छ,’ मन्त्री अधिकारीले भने । ‘कृषि , पर्यटन ,उर्जा र वृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको भन्दै मन्त्री अधिकारीले कृषिलाई प्रविधिमा आधारित बनाईरहँदा डिजिटल साक्षरता पनि आवश्यक छ,’ भने ।
मन्त्री अधिकारीले यस सफ्टवेयर मार्फत गुणस्तरीय बीउ बिजनमा किसानको सहज पँहच हुने अपेक्षा पनि व्यक्त गरे ।
विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत यो सफटवयेर निर्माण गरेको हो । यसमार्फत तीनै तहका सरकारबीच बीउ बिजन वितरणलाई डिजिटलाईजेसन गरि गुणस्तरीय बीउमा किसानको पहूँच कायम हुने केन्द्रका प्रमूख बेनु प्रसाद प्रसाईँले बताए ।





















