Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लिबर्टी ईनर्जीको हकप्रद शेयर निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ५० कित्ता अनुपातमा हकप्रद शेयर पाइनेछ ।

कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर, लमजुङ्ग शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ्ग शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Health Tips Ad Road Block