skip this News Page Tips Ad Road Block

एनपीएलको विजेताले १ करोड ११ लाख पाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । शनिबार एनपीएलको विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने जानकारी दिइएको हो ।

प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुनेले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। प्रतियोगिताको शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।

एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।

Health Tips Ad Road Block