काठमााडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले नगद लाभांश दिने भएको छ ।
मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको ३८६ औँ बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।






















