काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेको हो ।
मूल्य बढेर सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ रहेको थियो ।
चाँदी प्रतितोला १८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















