Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । केही दिनअघि मात्रै सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट बाहिरिएका खड्कालाई कम्पनीको सञ्चालक समितिले चार वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो ।

बैंक वित्तीय संस्था तथा कर्पोरेट क्षेत्रमा गरेर करिब १८ वर्षको अनुभव हासिल गरिसकेका खड्काको प्रमुख कार्यकारी अधिकृतको यात्रा  साविक सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबाट सुरुवात भएको थियो । उनी २०७८ मा सूर्य लाइफको सिईओ बनेका थिए । २०७९ पुस महिनामा साविक सूर्य लाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ बनेपछि उनी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

खड्काले बेलायतबाट चार्टर्ड एकाउन्टेन अध्ययन गरेका छन्। नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेका उनले उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायत क्षेत्रमा १८ वर्षभन्दा धेरै समय काम गरिसकेका छन् । आईएमई लाइफले यसपटक खुला प्रतिस्पर्धा गराएर प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

Health Tips Ad Road Block