काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ ।
बुधबारको तुलनामा मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १८०० रुपैयाँमा कारोबार भइरहेको छ ।






















