काठमाडौं । सोमबारदेखि दुई दिन उच्च अंकले घटिरहेको सुनको मूल्य आज भने बढेको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।
आज मूल्य बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि मंगलबार सुन तोलामा २ हजार ६ सय रूपैयाँले र सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको थियो।
आज चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको छ ।





















