skip this News Page Tips Ad Road Block

एनआरएन इन्फ्रास्ट्रक्चरको बोनससहित शतप्रतिशत हकप्रद

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको १३८ औं बैठकले कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त लाभांश वितरण पश्चात कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्तावसहित बाह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि मंसिर २१ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । सोहीकारण नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मंसिर २० गतेसम्म कारोबार भई शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सभामा भाग लिन, लाभांश प्राप्त गर्न तथा निर्वाचन प्रकृ‌यामा भाग लिन सक्नेछन् ।

तोकिएको लाभांश साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

Health Tips Ad Road Block