ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडकाे हकप्रद शेयर खुला

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन एवं बिक्री खुला गरेको छ । इन्स्योरेन्सले चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । यसनुसार १ कित्ता शेयर हुनेले ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयर निष्काशनका लागि इन्स्योरेन्सले कात्तिक ९ गते बुक क्लोज गरेको थियो। यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्ने र हकप्रद शेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै इन्स्योरेन्सका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

Health Tips Ad Road Block