skip this News Page Tips Ad Road Block

धितोपत्र बोर्डले पायाे नयाँ अध्यक्ष, सन्तोष नारायण श्रेष्ठले मारे बाजी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठले बाजी मारेका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो।

आइतबार मात्रै बोर्डको अध्यक्ष सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी सम्मिलित सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले अध्यक्ष नियुक्तिको लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो। ती मध्येबाट मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो।

योसँगै बोर्डले ११ महिनापछि नयाँ अध्यक्ष पाएको छ ।

Health Tips Ad Road Block