skip this News Page Tips Ad Road Block

आइएमई पेबाट इन-ड्राइभका चालकहरुको लागि नयाँ योजना, पुरै कमिशन फिर्ता पाउने सुनौलो मौका

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डिजिटल वालेट आइएमई पेले राइड सेयरिङ एप इन–ड्राइभका चालकहरुको लागि ५ मा १०० इन(ड्राइभको पुरै कमिशन फिर्ता नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना विशेष रूपमा इन–ड्राइभ चालकहरू र उनीहरु मार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो ।

मङ्सिर ९ गते देखि फाल्गुन ९ गते सम्म ३ महिनाको लागि चल्ने यस योजनामा आइएमई पे एपबाट इन–ड्राइभ एपमा टप अप गर्ने चालकहरुले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफुले इन(ड्राइभलाई तिर्नु पर्ने कमिशन १००५ फिर्ता पाउन सक्नेछन् । साथै तोकिएको कारोबार वा भुक्तानीहरु गरेबापत रु. १०० सम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरुले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नु पर्ने आइएमइ पे ले जनाएको छ ।

( नयाँ ग्राहकहरुलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन–इन गराउने (रु. ७५ सम्म बोनस)

( यात्राको भुक्तानी क्युआर वा वालेट ट्रान्सफर मार्फत आफ्नै आइएमई पे एपमा लिने (रु. १० बोनस, प्रतिदिन)
( डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रतिदिन)
( भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रतिदिन)
( मोबाईल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने (रु. १० बोनस, प्रतिदिन)

Health Tips Ad Road Block