Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२२.५ मेगावाटको तल्लो बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीव्र

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडद्धारा प्रवद्धित साझा पावर कम्पनी लिमिटेडमार्फत निर्माणाधिन २२.५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तर्गत पहिलो व्लाष्टिङ सफलता पूर्वक सम्पन्न भएको छ । मुख्य सुरुङको आउटलेट तर्फको सुरुङमा पहिलो व्लाष्टिङ भएको हो ।

तल्लो बलेफी खोला जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा अवस्थित रहेको छ । यो जलविद्युत आयोजना काठमाडौंबाट ७२ किलोमिटर दूरीमा रहेको छ । यस जलविद्युत आयोजनाको बाँधस्थल बलेफीको जलवीरेमा छ भने विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ ।

यस आयोजनामा ५.५ किलोमिट लम्बाई र ४.६ मिटर चौडाइ भएको सुरुङ्ग निर्माण गरिनेछ । उक्त सुरुङ निर्माण कार्यको इन्लेट प्रोटलको काम जम्बला कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरिहेको छ । त्यसैगरी अडिटतर्फ देवकोटा निर्माण सेवा प्राइभेट लिमिटेडले निर्माण कार्य गरिरहेको छ भने आउटलेटतर्फ त्रिवेणी व्रम्हायणी जेभीले काम गरिरहेको छ । आयोजनाको हेड वक्र्सको काम बन्दना भगवती पोखरेली जेभीले गरिरहेको छ । विद्युत गृह निर्माण तर्फको काम ककनी देवी निर्माण सेवा प्राइभेट लिमिटेडले गरिरहेको छ ।

यो आयोजना निर्माण सम्पन्न गर्न ४ अर्ब ४५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये २ अर्ब ९५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी रकम स्वःलगानीबाट जुटाइने प्रबन्ध मिलाइएको आयोजनाले जनाएको छ । यस आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संयुक्त लगानी रहेको छ । यो आयोजना २०८२ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

यस आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत लगानी रहेको छ, स्थानीय तथा सर्वसाधारणको ३० प्रतिशत र अन्य शेयरधनीको १५ प्रतिशत शेयर लगानी रहेको छ । रिडी पावर कम्पनी लिमिटेडले शेयर लगानी गर्न हकप्रद शेयरबाट रकम जम्मा गरी सो लगानी जुटाइ सकेको छ ।

कम्पनीले आयोजना गरेको पहिलो व्लाष्टिङ समारोहमा सेनाको बाहिनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, संचालकहरु लगायत कर्मचारीहरु, ठेकेदार कम्पनीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

Health Tips Ad Road Block