काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र दशकौँ देखि विभिन्न वित्तीय संस्थाहरुलाई डिजिटल सेवा प्रदान गर्दै आएको पायोनियर असोसिएट् प्रा.लि.बीच ‘कोसिस’ सिस्टमको प्रयोग गर्ने सहकारी लगायत अन्य वित्तीय संस्थाहरुमा कार्ड, क्युआर र अन्तर बैंक भुक्तानीलगायतका सेवाहरु एससिटीको सहकार्यमा हुने सम्झौता सम्पन्न भएको छ ।
पायोनियर असोसिएट् प्रा.लि.को कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस् टेक्नोलोजिज् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र पायोनियर असोसिएट् प्रा लि का तर्फबाट प्रबन्ध निर्देशक पायोनियर खड्काबीच यस सम्झौतामा हस्ताक्षर भएको हो ।
विगत दुई दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्गलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा र स्मार्ट क्युआर ब्राण्डमा क्युआरमार्फत भुक्तानी सेवा दिँदै आएको छ । यस सेवाको सुरुवातपश्चात कार्ड र क्युआरमार्फत गरिने भुक्तानी सेवा सहकारी, लघुवित्त लगायतका संस्थाहरुमा विस्तार गर्न अझै सहज हुने दुवै पक्षले जनाएका छन् ।






















