Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना, औषधिसमेत निःशुल्क उपलब्ध गराउने तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ । आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत कार्तिक २० गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरेका थिए । यसलगत्तै थारुबहुल क्षेत्र दाङको घोराहीमासमेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो । मन्त्री पौडेलले एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउने बताएको एक महिनाकै बीचमा थप अर्को ठूलो सरकारी अस्पतालले वार्ड स्थापना गरेको हो ।

यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रुपमा रहेको सिकलसेल उपचारका लागि उनीहरुको बसोबास रहेका प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार शुरु भएको हो।

मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति देवकोटाले जानकारी दिए ।

औषधिसमेत निःशुल्क उपलब्ध गराउने तयारी

मन्त्री पौडेलले सिकलसेलको औषधिसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । विपन्न समुदायका नागरिक धेरै प्रभावित भएको सिकलसेलका लागि औषधि नै उपलब्ध गराउने योजनाअन्तर्गत काम भइरहेको उनले बताएका थिए ।

हाल लाक्षणिक आधारमा सिकलसेलको उपचार हुँदै आइरहेको छ । औषधि वितरण गर्ने सरकारको योजनालाई समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत औषधि निःशुल्क हुने बताएका थिए ।

Health Tips Ad Road Block