Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यो साताभित्रै माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा संचालनमा ल्याउने तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई यो साताभित्रै अंशिकरुपमा संचालनमा ल्याउने तयारी गरिएको छ ।

गत असोजमा गएको बाढीपहिरोका कारण बन्द आयोजनालाई यो साताभित्रै संचालनमा ल्याउने तयारी भइरहेको हो । यसका लागि धमाधम काम भइरहेको छ । आयोजनालाई पूर्णरुपले संचालनमा ल्याउन लामो समय लाग्ने भएपनि अहिले आंशिकरुपमा संचालनमा ल्याउने तयारी गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सुरुमा करिब १७० मेगावाट विद्युत उत्पादनमा ल्याइनेछ । रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले माथिल्लो तामाकोशी आंशिकरुपमा संचालनमा ल्याउनेगरी काम गरिरहेको हो।

असोज १० देखि १२ गतेसम्मको अधिक वर्षा र बाढीपहिरोपछि आयोजनाको कन्ट्रोल भवन, सेटिङ बेसिन, कल्भर्ट, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण, प्रसारण लाइन, बाँधस्थल प्रवेश मार्ग लगायतमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको क्षति भएको नेपाल विद्युत प्राधिकरणको एक अध्ययनले देखाएको छ।

यसैबीच आयोजनालाई पूर्णरुपले संचालनमा ल्याउन ८ देखि १० महिनासम्म लाग्नसक्ने अनुमान गरिएको छ ।

Health Tips Ad Road Block