काठमाडौं । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गर्दै यसबारे जानकारी दिएको हो ।
सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल टेलिकम, बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैंक र वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्याततर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जलि आयुर्वेद रहेका छन् ।
यस्तैस्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै तिर्ने र तोकिएको समयमा नियमित तिर्नेतर्फ होङ्सी सिमेन्ट र विशेष उद्योगतर्फ वरुण वेभरेज रहेको छ ।
यस्तै ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज रहेको छ ।






















