Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उर्जा विकासका लागि भारत भ्रमण उपलब्धीपूर्ण भएको उर्जामन्त्रीको दाबी, के–के गरे ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का भारतको भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् । मन्त्री खड्काले नेपालको उर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धीमुलक भएको बताएका हुन् ।

भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्किएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताए ।

“नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ,”– मन्त्री खड्काले भने । मन्त्री खड्काले भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताए ।

उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल गरेको बताए ।

उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनका क्रममा नेपालको सौर्य उर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताएका छन् । भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जल शक्ति मन्त्री सी आर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नविन एवम् नविकरणीय उर्जामन्त्री प्रल्हाद वेंकटेश जोशी र विद्युत मन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए । मन्त्री खड्काले भारतका उर्जामन्त्रीले नेपाल आउने प्रतिवद्धता व्यक्त गरेको पनि जानकारी दिएका छन् ।

मन्त्री खड्काले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको पनि सो अवसरमा बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युतमा काम गर्न उत्साहित देखिएको उल्लेख गर्दै सरकार त्यसतर्फ लाग्ने बताएका छन् ।

Health Tips Ad Road Block