धादिङ । निर्माणाधीन अवस्थामा रहेको धार्के सितापाईला सडक खण्ड पन्ध्र दिनको लागि बन्द गरिने भएको छ। सडकमा कालोपत्रे गर्न बाँकी रहेको स्थानमा कालोपत्रे सुरु गरिने र थप स्तरोन्नति गर्नका लागि सो सडक खण्ड बन्द गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारी साधनबाहेक सबै सवारी बन्द गरिने जनाएको छ । सो सडक भएर राजधानी प्रवेशका लागि आउने सवारी साधनहरूलाई वैकल्पिक सडकको प्रयोगका लागि समेत जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।
संघीय राजधानी काठमाडौं प्रवेश गर्न वैकल्पिक सडकको रूपमा धाके–नौबिसे–नाग ढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई आग्रह गरेका छन् ।

पछिल्लो समय त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको बिग्रँदो अवस्थाका कारण सो सडकमा सवारी चाप समेत अत्यधिक बढेको छ ।






















