काठमाडौं । स्टयान्डर्ड चार्डर्ड बैंकले शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
आज बसेको बैंक सञ्चालक समितिको ४६४ औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट २५.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यसमध्ये १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाशांश पाउनेछन् ।






















