skip this News Page Tips Ad Road Block

पोखरामा ५ जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । पोखरा महानगर क्षेत्रभित्र र आसपासका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले निषेधाज्ञा जारी गरेका हुन्।

आइतबार ११ः४५ देखि अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको उल्लेख गरिएको छ।

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारीकाबीच रास्वपा नेता र कार्यकर्ताको भिडले आवागमनमा समस्या र सहकारी पीडितले पनि प्रदर्शनको तयारी गरेपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

Health Tips Ad Road Block