ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

Citizenlife ad 2082 falgun to baishak 2083

जनकपुरधाम । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ ।

यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा नम्बर १ बाट २ जना, वडा नम्बर ३ बाट ३ जना, गोलबजार ६ बाट २ जना र मिर्चैया नगरपालिका ७ बाट १ जना गरी सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट १ बाट २, जनाको उद्धार भएको हो ।

मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् ।

उद्धार भएका ८ जना पुरुष र ३ जना महिलालाई मानवसेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ ।

उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरी सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

Health Tips Ad Road Block