api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

जनकपुरधाम । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ ।

यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा नम्बर १ बाट २ जना, वडा नम्बर ३ बाट ३ जना, गोलबजार ६ बाट २ जना र मिर्चैया नगरपालिका ७ बाट १ जना गरी सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट १ बाट २, जनाको उद्धार भएको हो ।

मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् ।

उद्धार भएका ८ जना पुरुष र ३ जना महिलालाई मानवसेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ ।

उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरी सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

Health Tips Ad Road Block