skip this News Page Tips Ad Road Block

बाढीले क्षति पुर्याएको माथिल्लो तामाकोशीको मर्मतसम्भार तत्काल थालिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन थालिने बताएका छन् ।

आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि मन्त्री खड्काले आयोजनामा भएको क्षतिका कारण राज्यले नसोचेको घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहितको टोलीले आयोजनाको क्षतिग्रस्त संरचना निरीक्षणपछि उनले यस्तो बताएका हुन् ।

मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट सबै उपाय अवलम्बन गरिने बताएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी द्रुत काम भइरहेको जानकारी दिएका छन् ।

Health Tips Ad Road Block