skip this News Page Tips Ad Road Block

ईभी त बढ्यो तर चार्जिङ स्टेसन खै ?

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन(ईभी)को प्रयोग ह्वात्तै बढेको छ । जसरी ईभीको प्रयोग बढेको छ त्यसैगरी चार्जिङ स्टेसन एवं मर्मत सम्भार तथा पाटपूर्जा फेर्ने स्थान नहुँदा सवारी धनी र सर्वसाधारण हैरानी खेप्न बाध्य छन् ।

काठमाडौं र नारायणगढ माइक्रो चलाउने निमेश थापा ईभीको प्रयोग बढ्दै गएपनि चार्जिङ स्टेसन नहुँदा यस्ता सवारी साधन सञ्चालन गर्दा डराइ डराइ चलाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अरु सवारीजस्तो ईभीको वर्कसप पनि छैन । कि नारायणगढ, कि पोखरा, कि काठमाडौंमा मात्रै पाटपूर्जा फेर्ने वा मर्मत सम्भार गर्न सकिन्छ । त्यो पनि निजी क्षेत्रमा चार्जिङ गर्दा महँगो पर्ने गर्दछ ।’

त्यससँगै चार्जिङ गर्नका लागि घण्टौं लाइनमा बस्नुपर्ने समस्या रहेको उनी बताउँछन् ।

यात्रुहरुले पनि चार्जिङ स्टेसन आसपास खाने, बस्ने राम्रो सुविधा नहुने, शौचालय समेत नहुने कारण समस्यामा पर्ने गरेको दुखेसो गर्ने गरेका छन् । त्यस्तै पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनले भन्दा बढी भाडा तिर्नुपर्दा ठगिएको महशुश गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

Health Tips Ad Road Block