Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रवि लामिछाने पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति
एंव पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई पक्राउ गरेको हो।

पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गरेपछि प्रहरीले कार्यकर्ताको भीड छिचोल्दै लामिछानेलाई पक्राउ गरेको हो ।

गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम दुरुपयोग गरेको आरोप लामिछानेमाथि लागेको हो। कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो।

Health Tips Ad Road Block