skip this News Page Tips Ad Road Block

बाइइेनद्धारा साढे ४४ अर्ब डलर विद्यार्थी ऋण राहत घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक सेवकहरूका लागि ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरका छन् । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा बाइेनल उक्त घोषणा गरेका हुन् ।

पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्ने ह्वाइट हाउसले जनाएको छ । ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार छिन् । उनले रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्दै छिन् ।

यो घोषणा कोभिड–१९ महामारीपछि घरपरिवारहरूले उच्च जीवनयापन लागतको भार महसुस गरिरहेको र मतदाताहरूले सर्वेक्षणहरूमा अर्थतन्त्रलाई महत्त्वपूर्ण चिन्ताका रूपमा उल्लेख गरेको बेलामा आएको छ ।

पछिल्लो कदमसँगै सार्वजनिक सेवा ऋण माफीअन्तर्गत १० लाखभन्दा बढी मानिसको ऋण रद्द गरिएको राष्ट्रपति बाइडेनले वक्तव्यमा उल्लेख गरिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमल उल्लेख गरेका छन् ।

Health Tips Ad Road Block