api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

लगानीकर्ताहरुलाई नेपालको कृषि क्षेत्रमा लगानी गर्न मन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विदेशी लगानीकर्ताहरुलाई नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाध मञ्च —२०२४को उच्चस्तरीय उद्दघाटन सत्र सहित विभिन्न बहुपक्षीय बैठकमा सहभागी हुनेक्रममा मन्त्री अधिकारीले सो आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय खाध तथा कृषि संगठनको आयोजनामा संगठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारी सहितको टोली सहभागी भएको छ । मञ्चको लगानी सम्बन्धी सत्रलाई सम्बान गर्द मन्त्री अधिकारीले लगानीकर्ताहरुलाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरे । नेपाल सरकारले यसै वर्ष देखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्रयाउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि , खाध सुरक्षा, हरित उत्पादन र रुपान्तरित कृषि तथा खाध प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गरे ।

‘नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्वपूर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाध प्रणाली विश्वकै लागि प्रेरक हुनसक्छ’,भने ।

बैठकमा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी , प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी थिए ।

Health Tips Ad Road Block