skip this News Page Tips Ad Road Block

दिव्या थापा स्मृति फुटसलमा थोमस कलेज विजयी

काठमाडौं । पूर्व उपसभापति दिव्या थापाको सम्झनामा एक्मी इन्जिनियरिङ्ग कलेज नेविसंघद्धारा आयोजित प्रथम दिव्या थापा स्मृति अन्तर कलेज फुटसल प्रतियोगितामा थोमस कलेज विजयी भएको छ । विजयी थोमस कलेजलाई ३५ हजार ५५५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

द्धित्तीय स्थान प्राप्त गरेको काष्ठमण्डप कलेजले १५ हजार ५५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । अन्य सहभागी र उत्कृष्ट खेलाडीहरुलाई पनि सम्मान गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ई. मोहन आचार्यको उपस्थितिमा विजयीहरुलाई पुरस्कृत गरिएको हो । विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै आचार्यले नेपालमा इन्जिनियरिङ विधाको राम्रो सम्भावना रहेको र यसले युवाको विदेश पलायन रोक्ने दाबी गरे । उनले एक्मी इन्जिनियरिङ कलेजका विद्यार्थीलाई इन्टार्नसिपको व्यवस्थाका लागि आफूले पहल थाल्ने बताए ।

 

सो अवसरमा दिव्या थापाका बुवा एवं ग्यास बिक्रेता महासंघका अध्यक्ष चन्द्र थापाले दिव्याको सामाजिक कामको स्मरण गर्दै प्रतियोगिता गर्ने कलेज समूहलाई धन्यवाद दिएका थिए । आगागी दिनमा रचनात्मक कार्यमा अगाडि बढिरहन उनले विद्यार्थीहरुलाई आग्रह गरे ।

एक्मी इन्जिनियरिङ्ग कलेज नेविसंघका सभापति आर्यान तामाङसहित अन्य सदस्यहरुले आफ्ना दिवंगत पूर्व उपसभापति दिव्या थापाको सामाजिक एवं सांगठानिक योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Health Tips Ad Road Block